image
image

भूगोल इनर्जीकाे आइपीओ बिक्रीमा

काठमाडौँ, २३, चैत्त । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आज बिहीबार चैत २३ गतेदेखि आइपीओ बिक्रीमा ल्याएको छ ।

कम्पनीले सर्वसाधारणका लागि उक्त आईपिओ निष्काशन गरेको हो । यस भूगोल इनर्जीले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आइपीओ जारी गरेको हाे । 

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यो मध्ये १० प्रतिशत  अर्थात १ लाख ८ हजार ८११ कित्ता निष्कासन गरिसकेको छ । सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात ७१ हजार ९१६ कित्ता छुट्याइएको छ  भने  बाँकी रहेको १३ लाख ४६ हजार ९९३ कित्तामा सर्वसाधारणले  चैत २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

उक्त अवधिमा सबै सेयर बिक्री नभएमा २०८० वैशाख ७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपिओ भर्न सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर सकिनेछ ।

रेटिङ एजेन्सी इक्रा नेपालले भूगोल इनर्जीलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत जनाउँछ । यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।