image
image

अमेरिकी डलरको भाउ घट्दा युरो पनि घट्यो

काठमाडौँ, २३, चैत्त । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

बिहीबार अमेरिकी डलरको भाउ घटेको छ । यसअघि बुधबार स्थिर रहेको डलर आज ५३ पैसाले घटेको छ । बिहीबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ९१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५१ पैसा कायम गरिएको छ । यसअघि बुधबार पनि उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ ४४ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ४ पैसामा कारोबार भएको थियो । 

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरोपियन युरोमा ओरालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ २२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८७ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ३२ पैसाले घटेको हो । बुधबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ५३ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ १९ पैसा कायम गरिएको थियो। 

बिहीबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ १७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९१ पैसा तोकिएको छ। यो मूल्य बुत्रबारको तुलनामा एक रुपैयाँ १४ पैसाले घटेको हो । बुधबार यसको खरिदमूल्य १६४ रुपैयाँ ३१ पैसा र बिक्रीमूल्य १६५ रुपैयाँ ६ पैसा कायम गरिएको थियो ।  

त्यसैगरी, बिहीबार अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ १४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५८ पैसा कायम भएको छ ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । 

बिहीबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८१ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७६ पैसा र बिक्रीदर २९ रुपैयाँ ९० पैसामा पाइनेछ । 

उता, कुवेती दिनार एकको खरिदमा बिहीबार ४२६ रुपैयाँ ५८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ५४ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ८१ पैसा तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।