image
image

नेपालबाट १ अर्ब २० करोडको पास्ता निर्यात

काठमाडौँ, २६, चैत्त ।चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालबाट १ अर्ब २० करोड ८७ लाख रुपैयाँभन्दा धेरैको पास्ता निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि फागुनसम्मको अवधिमा नेपालबाट अर्बौ रुपैयाँको पास्ता निर्यात भएको हो ।

नेपालबाट ४ प्रकारका पास्ता निर्यात हुँदै आएको छ । जसमा २ प्रकारका ‘अनकूक्ड’ पास्ता र २ प्रकारका स्टफ्ड पास्ता निर्यात हुन्छ । नेपालबाट विश्वका दर्जनौं देशमा पास्ता निर्यात हुँदै आएको सबैभन्दा ठूलो बजार भारत देखिएको छ ।

भारतर्फ अर्बौ रुपैयाँको पास्ता निर्यात भएको तथ्यांकले देखाएको छ । अस्ट्रेलिया, जापान, इटाली, सिंगापुर, अमेरिका, बेलायत, हङकङ लगायत देशमा समेत पास्ता निर्यात हुँदै आइरहेको छ ।

यस्तै, कोरिया, बेल्जियम, क्यानडा, फिनल्यान्ड, मलेसिया, कतार र येमनमा समेत पास्ता निर्यात हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।