image
image

सिद्धार्थ बैंकको ८९ हजार ३५३ कित्ता सेयर संस्थापक सेयर बिक्रीमा

काठमाडौँ, २६, चैत्त । सिद्धार्थ बैंकका २ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ८९ हजार ३५३ कित्ता सेयर बिक्री बिक्री खुला गरेका छन् । बैंकले संस्थापक सेयरधनी रजनी प्रधानको नाममा रहेको ७० हजार कित्ता र शिशिरनाथ ज्ञवालीको नाममा रहेको १४ हजार ३५३ कित्ता सेयर बिक्री खुला गरेको हो । यसमा, सिद्धार्थकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । यसको मूल्य भने तोकीएको छैन । 
 
यसमा सेयर खरिद गर्न इच्छुक जो कोहीले आज (चैत २६ गते) गतेदेखि ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौं, कम्पनीको सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नु पर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।