image
image

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने एक अर्ब नाघ्यो

काठमाडौँ, २६, चैत्त ।साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन २८.३१ अंकले घटेको बजार १८३८.४८ विन्दुमा आएको हो । यो १.५२ प्रतिशतको गिरावट हो ।

आइतबार कारोबार रकम भने १ अर्ब नाघेको छ । २६८ धितोपत्रको २९ हजार २३९ वटा कारोबारबाट ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर किनबेच भएको छ । आइतबार १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११ रुपैयाँको कारोबार भएको छ । आइतबार सबै उपसूचकहरु राताम्य देखिए । सबैभन्दा धेरै जलविद्युतका लगानीकर्ता (२.३५ प्रतिशत)ले गुमाए ।

आइतबार कालिञ्चोक दर्शन लिमिटेडको मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेर ३४२.९० रुपैयाँ पुगेको छ । सानिमा ग्रोथ फण्डको ६.४६ रुपैयाँले मूल्य बढेको छ ।

माछापुच्छ्रे डिभेन्चरको सबैभन्दा धेरै ७.७५ प्रतिशतले मूल्य घटयो । कुमारी धनवृद्धि योजना, माया खोला हाइड्रोसहितका धितोपत्रको समेत मूल्य धेरैले घटेको हो । नविल बैंक, शिवम् सिमेन्ट, एचडीएल, ग्लोबल बैंकसहितका धितोपत्रको धेरै कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।