image
image

तीन करोडको लागतमा विराटनगरमा नेपाल बैंकको भवन निर्माण

काठमाडौँ, २७, चैत्त । तीन करोड रुपैयाँको लागतमा नेपाल बैंक लिमिटेड बजार अड्डा विराटनगर शाखाको निर्माण गरिएको छ । नवर्निमित भवनको विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले एक समारोहका बीच उद्घाटन गरेका छन् ।

भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले नेपालको पहिलो बैंकका रुपमा स्थापित नेपाल बैंकले ग्राहकको मन जित्नुपर्नेमा जोड दिए । बैंकहरुबीच पनि प्रतिस्पर्धा रहेकाले राम्रो सेवा दिन सकेमा नेपाल बैंकप्रति ग्राहकको आकर्षण बढ्ने उल्लेख उनको भनाइ थियो ।

पार्किङसहितको तीन कठ्ठा जमिनमा निर्मित भवन निर्माणका लागि तीन करोड रुपैयाँ खर्च भएको सो बैंकका शाखा प्रमुख प्रकाश घिमिरेले जानकारी दिए । नवर्निमित अढाइ तले भवनबाट सेवा सुरु गरिएको छ ।

कार्यक्रममा विराटनगर वडा नम्बर १० का वडाध्यक्ष अर्जुन गिरी, बैंकका प्रदेश प्रमुख सूर्यप्रकाश भट्ट, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुवास आचार्य, शाखाकी सहायक प्रबन्धक शोभा घिमिरे, पूर्वकर्मचारी महेश खड्कालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।