image
image

सरकारले २२ अर्ब ४६ करोड आन्तरिक ऋण उठाउने

काठमाडौँ, २७, चैत्त । नेपाल राष्ट्र बैंकले २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

केन्द्रीय बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिन अवधिका लागि ट्रेजरी बिल जारी गरेको हो । ट्रृेजरी मंगलबार जारी हुने ट्रेजरी बिलको आज ३ बजे बोलकबोल हुनेछ । २८ दिनका लागि ३ अर्बको ट्रेजरी जारी हुनेछ । यो २०८० वैशाख २८ गते परिपक्व हुनेछ ।

९१ दिनका लागि ८ अर्ब रुपैयाँको ट्रेजरी जारी हुनेछ । यो असार २६ गते परिपक्व हुनेछ । १८२ दिनका लागि ६ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी जारी हुनेछ । यो असोज २३ परिपक्व हुनेछ । ३६४ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी हुनेछ । यो २०८० चैत २७ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा वो भन्दा कम अवधिका लागि आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन ट्रेजरी बिल बिक्री गरिन्छ । ट्रेजरी बिल धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।