image
image

शेयर बजार साढे ५ अङ्कले बढ्यो, ९१ करोड रुपैयाँको कारोबार

काठमाडौँ, २७, चैत्त । हिजो आइतवार २८ अङ्कले घटेको शेयर बजार आज साेमवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ५४ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव शून्य तीन विन्दुमा पुगेको छ ।

आज बजार सामान्य बढे पनि कारोबार रकममा भने कमी आएको छ । दुई सय ६१ वटा कम्पनीका २९ लाख ६० हजार कित्ता शेयर ९१ करोड १९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको छ करोड ८४ लाख र तमोर हाइड्रोपावरको शेयर छ करोड ६५ लाख रुपैयाँमा किनबेच भयो ।

आज सबैभन्दा धेरै तमोर हाइड्रोपावर कम्पनी र कालिञ्चोक दर्शन लिमिटेड कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै ग्लोबल आईएमई लघुवित्तका शेयरधनीले साढे छ प्रतिशत र बलेफी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले साढे पाँच प्रतिशत गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।