image
image

दोल्ती पावरको आईपीओ आजबाट सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौँ, २८, चैत्त । दोल्ती पावर कम्पनीले आज चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। 

कम्पनीले जारी पुँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशतले हुन आउने १० लाख ७२ हजार ९७२ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसको १० प्रतिशतले हुन आउने १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको छ। बाँकी कित्तामध्ये ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ।  बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबा अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। 

यो आईपीओमा आउँदो वैशाख ३ गतेसम्म आवेदन दिन सकिनेछ। यो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। 

दोल्ती पावरको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।