image
image

प्रभु बैंकको २५ लाख कित्ताभन्दा बढी सेयर बिक्रीमा

काठमाडौँ, २८, चैत्त । प्रभु बैंकको २५ लाख कित्ताभन्दा बढी सेयर बिक्रीमा राखिएको छ। 

प्रभु बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको २५ लाख ७ हजार ४२९ कित्ता सेयर बिक्रीमा राखेको हो। जसमा गणपति वनस्पति प्रालिको नाममा रहेको १६ लाख ५९ हजार २४३ कित्ता, ताराप्रसाद भट्टराईको नाममा रहेको ५ लाख ७० हजार १८३ कित्ता, इन्सान भट्टराईको नाममा रहेको २ लाख २८ हजार ३ कित्ता र रञ्जना उदासको नाममा रहेको ५० हजार छन्। 

यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन पेस गर्न पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले आफूले खरिद गर्न चाहेको सेयर संख्या र मूल्यसहितको खरिद आवेदन काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा दिनुपर्नेछ। 

सेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। तोकिएको अवधिमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा प्रचलित कानुनबमोजिम अन्य सर्वसाधारण तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।