नेप्से २७.२१ अंकले बढ्यो, ९४ करोड ५२ लाखको कारोबार
काठमाडौँ, २८, चैत्त । अर्थमन्त्री प्रकाशरण महत आएपछि पहिलो पटक नेप्से परिसूचक २७.२१
अंकले बढेको छ ।
मंगलबारको बजार १ बजेसम्म खासै उत्साहित थिएन । त्यसपछि भने उकालो लागेको थियो ।\
२७ अंकले नेप्से परिसूचक उकालो लागे पनि कारोबार भने एक अर्बभन्दा कम रहेको छ । आज ९४ करोड ५२ लाख ४९ हजार रुपैयाँ बराबरको ३३ लाख १५ हजार कित सेयर कारोबार भएको छ ।
२६२ कम्पनीको सेयर किनबेच भएको नेप्सेमा कालिञ्चोक केवलकारका लगानीकर्ता सबैभन्दा बढी कमाउनेमा छन् । यस्तै आर्दश लघुवित्तका लगानीकर्ताले समेत कमाएका छन् ।
गुमाउनेमा भने सानिमा मिडल तमोरका लगानीकर्ता रहेका छन् ।









