image
image

कोभिडबाट लगातार दोस्रो दिन मृत्यु

 काठमाडौँ, २९, चैत्त । कोभिड–१९ को सङ्क्रमणबाट नेपालमा लगातार दोस्रो दिन मृत्यु भएको छ । योसँगै देशमा कोभिडबाट मृत्यु हुने कूल सङ्ख्या १२ हजार २२ पुगेको छ । 

असोज ८ गतेपछि पहिलो पटक म‌ंगलबार कोरानाभाइरस (कोभिड–१९) सङ्क्रमणका कारण ज्यान गएको थियो । मंगलबार ज्यान गुमाउने कोरोना सङ्क्रमित ७८ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए । सङ्क्रमणका कारण मृत्यु भएका पुरुषलाई सुगर, प्रेसर लगायतका स्वास्थ्य समस्या थियो । उनको काठमाडौँमा उपचार भइरहेको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १२१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ३७७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ५८ जना एन्टीजेन विधिबाट ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

यही अवधिमा थप ८१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै पीसीआर विधिबाट देशभर सङ्क्रमितको सङ्ख्या ४४५ पुगेको छ । यही अवधिमा थप ४२ हजार १८० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।