image
image

आइपिओ जारी गर्दै माई खोला हाइड्रोपावर

काठमाडौँ, ३०, चैत्र । माई खोला हाइड्रोपावर लिमीटेडले आगामी बैशाख ८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले आफ्नो जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० को ३९ प्रतिशत अर्थात १५ करोड २९ लाख ४१ हजार १०० रुपैयाँ बराबरको रु। १०० अंकित दरको कुल १५ लाख २९ हजार ४११ कित्ता सेयर निश्कासन गर्ने भएको हो । 


कुल कित्तामध्ये ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि र ३० हजार ५८८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निश्कासन गर्न लागेको हो । 

कम्पनीले निश्कासन गर्ने आइपीओमा छिटोमा बैशाख १२ गतेसम्म र सो अवधिसम्म पनि बिक्री नभए ढिलोमा बैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ । 

इच्छुकले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

यो कम्पनीले इलाम नगरपालिका ८ सिमफिरिंगमा ३ मेगावाट क्षमताको सुपरमाई क्यास्केड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । 

यो आयोजनाको प्रतिमेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ रहेको छ । 

यो आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र बहाल रहने अवधि ०७५ फागुन ५ गतेदेखि २११० फागुन ४ गतेसम्म गरी कुल ३० वर्ष ६ महिना बाँकी रहेको छ । 

आयोजनाको लगानी फिर्ता हुने अवधि९सिम्पल पेब्याक पिरियड १०.०१ वर्ष तथा डिस्काउन्टेड पेब्याक पिरियड २०.७४ वर्ष रहेको छ । यो आयोजनाको कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ रहेको छ । 

कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम प्रभू क्यापिटल लिमीटेडले गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।