image
image

दोल्ती पावरको आईपीओ भर्ने आज वैशाख ३ गते अन्तिम दिन

काठमाडौँ, ३, वैशाख । दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। 

कम्पनीले गत चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज वैशाख ३ गते अन्तिम दिन रहेको हो । आज बैंकिङ समयसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटलले जनाएको छ। 

कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका १२ लाख ७१ हजार ८६१ कित्तामा बिक्री खुला गरेको छ। यसअघि सर्वसाधारणलाई जारी हुनेमध्ये १० प्रतिशतले हुन आउने १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको छ भने ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ।  

सीडीएससीका अनुसार हिजो साँझ ५ बजेसम्म यो आईपीओमा १० लाख ७१ हजार ४९३ आवेदकबाट १ करोड १९ लाख ३० हजार ४७० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ९.३८ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसअनुसार भाग्यमानी १ लाख २७ हजार १८६ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये १ जनाले थप १ कित्ता सेयर पाउनेछन्। 

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबा अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।