image
image

सोमबार २४ अर्ब ७० करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

काठमाडौँ, ४, वैशाख । नेपाल राष्ट्र बैंकले सोमबार २४ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी कूल २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बोलकबोल गर्ने भएको हो । 

इच्छुक खरिदकर्ताले आज दिउँसो ३ बजेभित्र बैंकले तोकेको अनलाइन ठेगानामा आवेदन दिन सक्छन् । यद्यपि, कूल ट्रेजरीमध्ये १५ अर्ब २० करोड रुपैयाँ पुरानो नवीकरण गरेर बाँकी रहेको ९ अर्ब ५० करोड रुपैयाँ नयाँ बिक्री गर्ने केन्द्रीय बैंकले जनाएको छ । 

कूल ट्रेजरीमध्ये ८५ प्रतिशत आपसी प्रतिस्पर्धात्मक प्रणालीबाट र बाँकी १५ प्रतिशत विना प्रतिस्पर्धा बिक्री गरिने बैंकले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।