image
image

थ्रीस्टार हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

 काठमाडौँ, ४, वैशाख । थ्रीस्टार हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

बैशाख ११ गतेदेखि कम्पनीले निष्कासन गर्न लागेको आईपीओ पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्ने भएकोे छ । दोस्रो चरणमा भने सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले ४ करोड ९२ लाख ५० हजार रुपैयाँको ४ लाख ९२ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि निष्कासन गर्ने भएको छ ।

खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका १ देखि ११ (साविकको बाहुनीडाँडा, डिकुवा, च्याम्सिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खले र राजापानी गाविस) र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ देखि ७ (साविकको याम्खा, डाडागाउँ, छोरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गाविस) का स्थानीयले आवेदन दिन सक्नेछन् ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७३ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको छ ।

आयोजना प्रभावित स्थानीयले न्यूनतम १० देखि ४ लाख ९२ हजार ५०० कित्ता र रोजगारीका लागि विदेशमा रहेका नेपालीले न्यूनतम १० देखि ७३ हजार ८७५ कित्तासम्म आवेदन दिन सकिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले वैशाख ११ देखि वैशाख २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै आयोजना प्रभावितले वैशाख २५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ ९ गतेसम्म आवेदन दिन सकिने छ ।

आयोजना प्रभावितले बिक्री प्रबन्धक हिमालयन क्यापिटलका साथै सानिमा, राष्ट्रिय वाणिज्य, ग्लोबल आइएमई, ज्योति विकास र प्रभु बैंकको स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सी आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।