image
image

शेयर बजार ३ अङ्कले घट्याे

काठमाडौँ, ५ वैशाख । शेयर बजार आज (मङ्गलवार) सामान्य घटेको छ । हिजो (साेमवार) २३ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव शून्य तीन अङ्कले घटेर एक हजार नौ सय चार दशमलव नौ आठ विन्दुमा झरेको छ ।

आज होटल तथा पर्यटन, म्युचल फन्ड र निर्जीवन बीमाबाहेक अरू समूहको शेयर घटेको छ । आज दुई सय ६६ वटा कम्पनीका २९ लाख ७५ हजार कित्ता शेयर ८७ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै प्रभु बैंकको प्रोमोटरको पाँच करोड २६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै खप्तड लघुवित्तको शेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।