image
image

९ महिनामा १४ अर्ब बाहिरियाे

काठमाडौँ, ५ वैशाख । चालू आर्थिक वर्षको नौ महिनामा करिब साढे १४ अर्ब रूपैयाँ विदेशिएको छ। उद्योग विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको नौ महिनाको तथ्यांकअनुसार १३ अर्ब ७७ करोड ४४ लाख १० हजार ५ सय ५९ रुपैयाँ लाभाशंवापत बाहिरिएको हो। 

विभागले यस अवधिमा रोयल्टीबापत दुई अर्ब ११ करोड छ  हजार छ सय ३४ रुपैयाँ, १२ लाख ४५ हजार ९१ अमेरिकी डलर, ३० करोड ६२ लाख ९६ हजार ६०९ भारतीय रुपैयाँ र सात हजार युरो विदेश लैजानका लागि विभागले सिफारिस गरेको छ।

विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएपछि मात्र रकम विदेश लैजान पाइन्छ। विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने विभागले जनाएको छ।

चैत महिनामा सवा तीन अर्ब लाभाशं फिर्ता

विभागले चैत महिनामा मात्रै तीन अर्ब १४ करोड ५३ लाख २२ हजार दुई ३५ रुपैयाँ लाभांश विदेश लैजान सिफारिस गरेको हो। रोयल्टीबापत चैत महिनामा मात्रै २० करोड ६० लाख नौ हजार ५२६, ७३ हजार ३१३ अमेरिकी डबर, प्रन्ध लाख ४५ हजार ७८३ भारु फिर्ता लैजानेगरी स्वीकृति प्रदान गरेको हो। 

यस्तै, चालु आर्थिकको नौ महिनामा विभागले व्यवसायी भिसाअन्तर्गत एक हजार दुई सय २४ जना लगानीकर्ता, एक सय ८६ जना प्रतिनिधि र पाँच सय २४ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ।

चैत महिनामा मात्रै विभागले एक सय ६६ जना लगानीकर्ता, ४५ जना प्रतिनिधि र एक सय ४२ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ। 

नौ महिनामा दुई सय ९८ वटा उद्योगका लागि ४१ अर्ब २१ करोड २४ लाख ४२ हजार तीन सय ७३ रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। जसमा चैत महिनामा मात्रै रु आठ अर्ब ९१ करोड १२ लाख ६४ हजार छ सय ९० विदेशी लगानी प्रतिबद्धता भित्रिएको छ।

विभागको तथ्यांकअनुसार हालसम्म चार खर्ब ४७ अर्ब ३८ करोड १२ लाख ९३ हजार ७ सय ४ रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ। विभागअन्तर्गत वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाले गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा रोयल्टी तथा लाभाशं रकम बाहिरिने अनुमान गरिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।