१५ अंक बढ्यो सेयर परिसूचक
काठमाडौँ, ६, वैशाख । बुधबार सेयर बजारको परिसूचक नेप्से १५.१३ अंक बढेको छ । सो अंकको वृद्धिपछि १९२० अंकमा नेप्से कायम भएको छ । १६७ कम्पनीको मूल्य बढ्दा ४१ को घट्यो भने १२ को स्थिर रह्यो । दिउँसो २ : २० बजेसम्म एकल अंक बढेको बजारमा त्यसपछि भने खरिदकर्ताको चाप देखियो ।
कारोबार रकम भने अघिल्लो दिनकै जति भएको छ । जम्मा ८६ करोड ८२ लाख रुपैयाँको कारोबार भयो । मंगलबार ८७ करोडको कारोबार भएको थियो । सबैजसो उपसमूह बढेका छन् । बैंकिङ ९, विकास बैंक ४४, फाइनान्स १८, होटल तथा पर्यटन १९, जलविद्युत् २२, जीवन बीमा ६३, उत्पादन १५, माइक्रोफाइनान्स ३२, निर्जीवन बीमा ७०, अन्य ६ र ब्यापार उपसमूह २३ अंक बढे ।
कालिन्चोक दर्शन र मोलुङ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । गुराँस लघुवित्तको ९.५ र धौलागिरि लघुवित्तको मूल्य ६.७ प्रतिशत बढ्यो । आदर्श लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा स्वाबलम्वन लघुवित्त (संस्थापक) नबिल बैंक, एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट र निफ्रा कम्पनी क्रमशः अगाडि रहे ।









