image
image

विदेशमा ऊर्जा व्यापार गर्नसक्ने कानून तत्काल बनाउन माग

 काठमाडौँ, ६, वैशाख । प्रतिनिधि सभा सदस्य श्यामकुमार घिमिरेले निजी क्षेत्रले विदेशमा ऊर्जा व्यापार गर्नसक्ने कानून बनाउन माग गरेका छन् ।

निजी क्षेत्रलाई विद्युतको आपूर्ति र व्यापारमा सहभागी हुन पाउने व्यवस्था कानूनमा उल्लेख गर्नुपर्ने उनको माग छ । प्रतिनिधि सभाको बैठकमा उनले यस्तो माग गरेका हुन् ।

‘हिजोबाट शुरु भएको पावर समिटमा प्रधानमन्त्रीले आगामी २०२५ सम्ममा हिउँदमा पनि विद्युत निर्यात गर्नसक्ने कुरा बताउनुभएको रहेछ । त्यसका लागि बजारिकरणलाई सशक्त बनाउन निजी क्षेत्रलाई पि टू पि माध्यमबाट विदेशमा ऊर्जा व्यापार गर्नसक्ने कानून तत्काल बनाइयोस् भनि जोडदार माग गर्दछु’ उनले भने ‘अन्य लोकतान्त्रिक मुलुकमा झैँ नेपालमा पनि निजी क्षेत्रलाई विद्युतको आपूर्ति र व्यापारमा सहभागी हुन पाउने व्यवस्था सोही कानूनमा उल्लेख भएर आओस् भन्नेपनि माग गर्दछु ।

यसले नेपाल विद्युत प्राधिकरणलाई समेत थप प्रतिष्पर्धी र प्रभावकारी बनाउनेछ भन्ने कुरा जोडदारसँग उठाउन चाहन्छु । उक्त कानून कहिलेसम्म आउँछ ? त्यो कुरा विभागिय मन्त्रीले सदनलाई जानकारी गराउनु हुन जोडदार अपिल गर्दछु ।’

उनले उक्त कानून कहिलेसम्म आउँछ भन्ने पनि विभागिय मन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।