image
image

लुम्बिनी विकास बैंकको नाफा ४६ करोड ८१ लाख, खराब कर्जा बढ्यो

काठमाडौँ, ७, वैशाख । लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा ४६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ८.३२ प्रतिशतले घटेको हो । गत आवको सोही अवधिमा बैंकले ५१ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी २१.९८ प्रतिशतले बढेर १ अर्ब ३८ कोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३१ करोड रुपैयाँ थियो ।

बैंकको खराब कर्जा १.६९ प्रतिशतबाट बढेर ३.७६ प्रतिशत पुगेको छ । बैंकको वितरण योग्य मुनाफा १८ करोड ६३ लाख रुपैयाँ रहेको छ ।

बैंकले ४५ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४० अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रति सेयर आम्दानी १८ रुपैयाँ ४५ र प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ६७ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।