image
image

नेपालले सबैभन्दा बढी व्यापार गर्ने यी १० देश

काठमाडौँ, ७, वैशाख । चालू आर्थिक वर्षको ९ महिनामा १६० देशसँग १२ खर्ब रुपैयाँको आयात व्यापार गरेको छ । त्यसमा पनि १० देशबाट मात्रै १० खर्ब ७१ अर्बको आयात भएको छ । यो रकम कुल आयातको ९० प्रतिशत हो ।

नेपालले सबैभन्दा बढी आयात गर्ने देश भारत हो । नेपालले भारतबाट ९ महिनामा ७ खर्ब ५३ अर्बको आयात गरेको छ । भारतबाट हुने आयात कुल आयातको ६२.७५ प्रतिशत हो ।

त्यस्तै चीनबाट १ खर्ब ६२ अर्बको आयात भएको छ । त्यसबाहेक सबैभन्दा बढी आयात हुने १० देशको सूचीमा इन्डोनेसिया, यूएई, अर्जेन्टिना, मलेसिया, अस्ट्रेलिया, युक्रेन, अमेरिका र कतार छन् ।

चालू आवको ९ महिनामा नेपालले १ खर्ब १८ अर्बको निर्यात व्यापार गर्दा १० देशसँग मात्र १ खर्ब १० अर्बको निर्यात व्यापार गरेको छ । यो कुल निर्यातको ९३ प्रतिशत हो । सबैभन्दा धेरै भारतसँग ८२ अर्ब ९८ करोड रुपैयाँको निर्यात गरेको छ । यो रकम कुल निर्यातको ७० प्रतिशत बराबर हो ।

नेपालले यो अवधिमा १३ अर्ब ९० करोडको सामान अमेरिका निर्यात गरेको छ । त्यसबाहेक नेपालले जर्मनी, बेलायत, टर्की, क्यानडा, फ्रान्स, अस्ट्रेलिया, जापान र इटालीसँग बढी व्यापार गरेको छ ।

समीक्षा अवधिमा नेपालले ३५ देशसँग नाफाको व्यापार गरेको छ भने १२५ देशसँग घाटाको व्यापार गरेको छ ।

चालू आवको ९ महिनामा नेपालले १० खबै ८३ अर्ब व्यापार घाटा व्यहोरेको छ । समीक्षा अवधिमा नेपालले १२ खर्ब १५ अर्ब रुपैयाँको सामान आयात गर्दा १ खर्ब १८ अर्बको मात्र निर्यात गरेको हो ।

व्यापार घाटा गत वर्षको ९ महिनाको भन्दा १७ प्रतिशत कम हो । गत वर्षको ९ महिनामा १३ खर्ब ६ अर्बबराबरको व्यापार घाटा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।