image
image

शेयर बजार झन्डै १६ अङ्कले घट्याे

काठमाडौँ, ७, वैशाख । काराेबार हुने हप्ताकाे अन्तिम दिन शेयर बजार झन्डै १६ अङ्कले घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव १३ अङ्कले घटेर एक हजार नाै सय शून्य चार विन्दुमा झरेकाे छ । 

आज सबै समूहकाे शेयर घटेकाेमा बीमा, विकास बैंक, उत्पादन तथा प्रशाेधन, लघुवित्त, जलविद्युत् र फाइनान्स समूहकाे शेयर उच्च अङ्कले ओरालाे घटेकाे छ । 

नेप्से घटे पनि आज काराेबार रकम भने हिजाेकाे भन्दा केही बढेकाे छ । आज दुई सय ६७ वटा कम्पनीका ३२ लाख कित्ता शेयर ९८ कराेड ३३ लाख रुपैयाँमा काराेबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंककाे पाँच कराेड ७५ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे ।

आज एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–२ र आदर्श लघुवित्तकाे शेयर १० प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटे पनि आज कालिञ्चाेक दर्शन लिमिटेडकाे शेयर १० प्रतिशतले बढेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।