image
image

मुक्तिनाथ विकास बैङ्कको नाफा ८० करोड ६२ लाख, खुद ब्याज आम्दानी कति ?

काठमाडौँ, ७, वैशाख । मुक्तिनाथ विकास बैङ्क लिमिटेडको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित भएको छ । 

बैङ्कले प्रकाशित गरेको विवरणअनुसार चालु आ.व.को तेस्रो त्रैमासमा बैङ्कले ८० करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा भने बैङ्कले १ अर्ब २ करोड रुपैयाँ नाफा कमाएको थियो । गत बर्षको तुलनामा यस बर्ष बैङ्कले आर्जन गरेको नाफा रकम नाफा २१ प्रतिशतले कम हो ।

खुद ब्याज आम्दानी २६.०९ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १९.८४ प्रतिशतले बृद्धि भए पनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैङ्कको नाफामा दबाव पुगेको देखिन्छ । 

बैङ्कको खराब कर्जा अघिल्लो आ.व.को तेस्रो त्रैमासमा ०.१७ प्रतिशत रहेकोमा समीक्षा अवधिमा बढेर १.९९ प्रतिशत पुगेको छ । जसको प्रभावले बैङ्कको इम्पेरिमेन्ट चार्ज बढेर ७७ करोड पुगेको छ । यस अवधिमा बैङ्कको सञ्चालन मुनाफा २१.०३ प्रतिशत घटेको छ।

बैङ्कले गत आर्थिक वर्षको मुनाफाबाट १३.५० प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी ६ अर्ब ४२ करोड पुर्याएको छ ।

चैत मसान्तसम्म बैङ्कले निक्षेप रकम ७.४९ प्रतिशतले बढाएर १ खर्ब १२ अर्ब १८ करोड रुपैयाँ पुर्याएको छ भने कर्जा लगानी ५.८० प्रतिशतले बढाएर ९१ अर्ब ८४ करोड रुपैयाँ कायम भएको छ । त्यस्तै, बैङ्कको जगेडा कोषमा भने यस अवधिमा ४ अर्ब १८ करोड रुपैयाँ रहेको छ । 

नाफासँगै बैङ्कको प्रतिशेयर आम्दानी पनि घट्न पुगेको छ । यस अवधिमा ७.३२ रुपैयाँ घटेर १६.७४ पैसा कायम भएको छ । त्यस्तै, बैङ्कको मूल्य आम्दानी अनुपात २४.१३ गुणा र प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ४९ पैसा  छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।