image
image

माई खोला हाइड्रोपावरको आईपीओ आज देखि सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौँ, ८, वैशाख । माई खोला हाइड्रोपावर लिमिटेडले आज वैशाख ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ। 

 कम्पनीले आफ्नो जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० को ३९ प्रतिशत अर्थात १५ करोड २९ लाख ४१ हजार १०० रुपैयाँ बराबरको रु. १०० अंकित दरको कुल १५ लाख २९ हजार ४११ कित्ता सेयर निष्कासन गरेको हो। कुल कित्तामध्ये ७६ हजार ४७१ कित्ता सामूहिक लगानी कोषका लागि र ३० हजार ५८८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको १२ लाख ६९ हजार ४११ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्न गरेको छ।

कम्पनीले निष्कासन गर्ने आईपीओमा छिटोमा वैशाख १२ गतेसम्म र सो अवधिसम्म पनि बिक्री नभए ढिलोमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ। इच्छुकले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। 

यो कम्पनीले इलाम नगरपालिका ८ सिमफिरिंगमा ३ मेगावाट क्षमताको सुपरमाई क्यास्केड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ। यो आयोजनाको प्रतिमेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ रहेको छ। 

यो आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र बहाल रहने अवधि २०७५ फागुन ५ गतेदेखि २११० फागुन ४ गतेसम्म गरी कुल ३० वर्ष ६ महिना बाँकी रहेको छ। 

आयोजनाको लगानी फिर्ता हुने अवधि सिम्पल पेब्याक पिरियड १०.०१ वर्ष तथा डिस्काउन्टेड पेब्याक पिरियड २०.७४ वर्ष रहेको छ। यो आयोजनाको कुल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ रहेको छ। 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।