image
image

३६ लाख बराबरको सामान बरामद

काठमाडौँ, १०, वैशाख । भन्सारबाट चोरी पैठारी गरी नेपाल भित्र्याएको विभिन्न सामग्री जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले बरामद गरेको छ ।

सुरक्षा जाँच गर्ने क्रममा शुक्रबार साँझ भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको करिब रु ३६ लाख बराबरको सामग्रीसहित ग२ख १५०३ नंको ट्रक प्रहरीले बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सन्तोष पठकले प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा भन्सार चोरी पैठारी गरी ल्याइएको कुर्ता सुरुवाल, सल, टप्स, कुर्ता सेट, लाइटर, हुक्का फेलेवर, गोट्टीवाला रेन्ची, पूजा थाली, विभिन्न ब्रान्डका एन्ड्रोयड मोबाइल फोन, शरीरमा लगाउने अत्तर, तेल, मालाको दाना, केमिकल, रोलगोलको तिलहरि, झुम्का, चन्द्रमा,  मङ्गलसुत्र पोते, ब्रासलेट, सिरबन्दी रानीहार, सेतो माला औँठी, बाला, साडी, ढाकाको कपडा, ४५ किलो दरको युरिया मल दुई सय २० बोरा बरामद गरेको जानकारी दिनुभयो ।
 
प्रहरीले शुक्रबार बरामद गरेको सामग्रीको मूल्य अन्दाजी रु ३५ लाख ९१ हजार २२ रहेको पाठकले बताउनुभयो । प्रहरीले बरामद गरेको सामग्रीसहित ट्रकलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्लाको त्रिवेणी भन्सार कार्यालय पठाइएको पाठकले जानकारी दिनुभयो । साथै प्रहरीले चालु आर्थिक वर्षको हालसम्म अवैध सामग्री बरामद गरी रु पाँच करोड एक लाख ७७ हजार राजस्व सङ्कलन गर्न सफल भएको पाठकले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।