image
image

मोदी इनर्जीले वैशाख १९ बाट सर्वसाधारणका लागि आईपीओ ल्याउँदै

काठमाडौँ, १०, वैशाख । मोदी इनर्जी लिमिटेडले वैशाख १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। 

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७२ लाख ५० हजार कित्ता आईपीओमध्ये सर्वसाधारणका लागि छुट्याइएको प्राथमिक सेयर बिक्री खुला गर्न लागेको हो। कम्पनीले कुल कित्तामध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ। 

यसैगरी ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ५९ लाख ९४ हजार ४२० कित्ता सेयरमा सर्वसाधारणले खरिद आवेदन पेस गर्न सक्नेछन्। 

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट दिन सकिन्छ।

यो आईपीओको निष्कासन बन्द छिटोमा वैशाख २४ गते र ढिलोमा जेठ २ गते बैंकिङ समयपछि हुनेछ। मोदी इनर्जीको आईपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।