image
image

९ महिनामा १७ करोडको पापड आयात

 काठमाडौँ, १०, वैशाख । चालू आर्थिक वर्ष २०७९–८० को ९ महिनामा करोडौं रुपैयाँ बराबरको पापड आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि चैतसम्मको तथ्यांकअनुसार ९ महिनामा १७ करोड ७८ लाख रुपैयाँ बराबरको पापड आयात भएको हो ।

विभागका अनुसार ९ लाख ७९ हजार किलोग्राम बराबरको पापड भित्रिएको छ । यो परिणामको पापड ल्याउँदा आयातकर्ताले सरकारलाई ९ करोड ४० लाख रुपैयाँ राजश्व बुझाएको छ ।

नेपालमा भित्रिने सबै पापड दक्षिण छिमेकी मुलुक भारतबाट आउने गरेको छ । नेपालबाट समेत विदेशतर्फ पापड निर्यात हुने गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट पापड, दालमोट र भुजियाका रुपमा एकमुष्ट २१ करोड रुपैयाँको निर्यात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।