image
image

२८ अर्ब ६० करोडको ट्रेजरी बिल्स जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ, १०, वैशाख । नेपाल राष्ट्र बैंकले  २८ अर्ब रूपैयाँ बराबरको  ट्रेजरी बिल्स जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता अभावलाई न्यूनिकरण गर्न राष्ट्र बैंकले २२ अर्ब ६०  करोड रुपैयाँ बजारमा प्रवाह गर्न लागेको हो ।

बैंकले २८ दिन, ९१, १८२ र ३६४ दिनको लागि ट्रेजरी बिल्स जारी गर्न लागेक हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन् ।

राष्ट्र बैंकले २८ दिनको लागि १० अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको छ । जुन  २०८० साल जेठ ९ गते परिपक्क हुने छ । ९१ दिनको लागि ८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० साउन ९ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ६ अर्बको जारी गर्न लागेको छ । जुन २०८० साल कार्तिक सात गते परिपक्क हुनेछ । ३६४ दिनको लागि ४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०८१ वैशाख ११ गते परिपक्व हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।