image
image

आज देखि आईपीओ बिक्री खुल्ला गर्दै थ्रीस्टार हाइड्रोपावरले

काठमाडौँ, ११, वैशाख । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आज वैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ। 

कम्पनीले स्थानीयलाई जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ४ करोड ९२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ९२ हजार ५०० कित्ता सेयर जारी गरेको छ।

स्थानीयका लागि जारी आईपीओमा आयोजना प्रभावित क्षेत्र खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ देखि ११ सम्म र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं. १ देखि ७ सम्मका बासिन्दाले खरिद आवेदन दिन सक्नेछन्।

यसैगरी कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने सर्वसाधारणका लागि जारी हुने जारी पुँजीको १५ प्रतिशतले हुन आउने ७ करोड ३८ लाख ७५ हजार रुपैयाँको १० प्रतिशतले हुन आउने ७३ लाख ८७ हजार ५०० रुपैयाँबराबरको आईपीओ जारी गरेको छ। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल ७३ हजार ८७५ कित्ता निष्कासन गरिएको छ। 

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन्। अधिकतममा भने स्थानीयले ४ लाख ९२ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले ७३ हजार ८७५ कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। 

वैदेशिक रोजगारीमा रहेकाले वैशाख २५ गतेसम्म आवेदन दिन पाउनेछन्। स्थानीयका लागि जारी आईपीओको निष्कासन बन्द पनि छिटोमा वैशाख २५ गते र ढिलोमा जेठ ९ गते बैंकिङ समयपछि बन्द हुनेछ। 

स्थानीयाले खोटाङमा रहेका सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक, प्रभु बैंक र थ्रीस्टार हाइड्रोपावरको साइट कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यो आईपीओको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।