चन्द्रगढी विमानस्थलमै बन्दै हवाइ इन्धनको डिपो
काठमाडौँ ०६ चैत । अब चन्द्रगढी विमानस्थलमा इन्धन डिपो स्थापना हुने भएको छ ।हवाई सेवालाई सहज बनाउनका लागि विमानस्थलमै हवाइ इन्धनको डिपो स्थापना गरिने भएको छ । यसका लागि नेपाल आयल निगम झापा र नागरिक उड्डयन कार्यालय चन्द्रगढीबीच सम्झौता भएको छ ।
नेपाल आयल निगम कार्यालय चारआलीका प्रमुख मनिष न्यौपानेले डिपो निर्माणका लागि विमानस्थलले छ कट्ठा जग्गा उपलब्ध गराउने सम्झौता भएको बताए । सो जग्गामा पाँच करोड रूपैयाँको लगानीमा यसै आर्थिक वर्षमा ६० हजार लिटर क्षमता भएको डिपो निर्माण गरिने भएको हो । पूर्वाधार निर्माणका लागि नेपाल आयल निगम तथा आपूर्ति मन्त्रालयले टेन्डर आह्वानका लागि पहल गर्ने भएको उनले बताए ।
यसअघि विमानस्थलकै एक कोठा भाडामा लिएर निगमले अस्थायीरूपमा हवाइ इन्धनको सेवा प्रदान गर्दै आएको थियो । उक्त विमानस्थलमा डिपो डिपो निर्माणसँगै छदेखि सात दिनलाई पुग्ने इन्धन भण्डारण गर्न सकिने बताएका छन् । त्यसैगरी सिलगुढीबाट खरिद गरिएको इन्धन सिधै चन्द्रगढीको विमनस्थलको डिपोमा फिल्टरसहित भण्डारण गर्न सकेपछि स्थायी संरचना नहुँदा विराटनगरबाट ट्यांकरमा इन्धन ल्याउने र ट्यांकरबाटै सप्लाइ गर्नुपर्ने बाध्यता पनि हट्नेछ विस्वास लिईएको छ ।