image
image

दुई किलो चरेससहित ४ जना पक्राउ

काठमाडौँ, ११, वैशाख । फाँटा नगरपालिका–५ वन समितिस्थित पूर्व–पश्चिम राजमार्ग क्षेत्रबाट दुई किलो चरेससहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–५ वन समितिका सुनिल बोहरा भीमदत्त नगरपालिका–२ बस्ने वसन्त जोशी, भारतको बरेली जिल्ला कान्द्रापुर बस्ने हममोल गुप्ता र भारतकै चनहिटीग्राम बस्ने रुपेन्द्र मौर्य रहेका छन् ।

पूर्व–पश्चिम राजमार्गमा शङ्कास्पदरूपमा पैदल हिँडिरहेका बेला चारै जनालाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले नियन्त्रणमा लिई जँच गर्दा उनीहरूको साथमा रहेको कालो रङको झोलाभित्र लुकाइछिपाइ राखेको दुई किलो चार ग्राम लागुऔषध चरेस र नगद रु २८ हजार पाँच सय बरामद गरिएको छ । पक्राउ परेकामाथि प्रहरीले अनुसनधान गरिरहेको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।