image
image

शेयर बजार सामान्य बढ्यो

 काठमाडौँ, ११, वैशाख । शेयर बजार आज साेमवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ७१ अङ्कले बढेर एक हजार आठ सय ८८ दशमलव ३२ विन्दुमा पुगेको छ ।

आज बैंक, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा समूहबाहेकका समूहको शेयर बढ्दा जीवन बीमा, उत्पादन र विकास बैंक समूहको शेयर दोहोरो अङ्कले बढेको छ ।

बजार सामान्य बढे पनि कारोबार रकम भने घटेको छ । आज दुई सय ७० वटा कम्पनीका २२ लाख ६० हजार कित्ता शेयर ७५ करोड १३ लाख रुपैयाँमा कारोबार भएका छन् । हिजो आइतवरा ८२ करोड ८५ लाख रुपैयाँको कारोबार भएको थियो । आज सबैभन्दा धेरै कालिञ्चोक दर्शन लिमिटेडको आठ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै पिपुल्स पावर लिमिटेडको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि कालिञ्चोक दर्शन लिमिटेडको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।