image
image

९ महिनाको हिसावः १७ अर्बको युरिया मल, १८ अर्बको मोबाइल आयात

काठमाडौँ, ११, वैशाख । नेपालमा रासायनिक मलभन्दा बढी मूल्य बराबरको मोबाइल फोन आयात हुन थालेको छ । नेपालको अर्थतन्त्र कृषिमा आधारित भनिदै आएपनि अब नेपालले रासायनिक मल खरिद गर्नभन्दा मोबाइल खरिद गर्न बढी रकम खर्च गर्न थालेको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा रासायनिक मल युरियाको तुलनामा स्मार्टफोन (मोबाइल) आयात बढी हुन थालेको छ । गत चैत मसान्तसम्ममा युरिया मल १७ अर्ब रुपैयाँ हाराहारीको आयात भएको छ भने १८ अर्ब रुपैयाँभन्दा बढीको मोवाइल आयात भएको छ ।

गत चैत मसान्तसम्ममा १८ अर्ब ६६ करोड रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ । सोही अवधिमा युरिया मल भने १७ अर्ब ७४ करोड रुपैयाँ बराबरको आयात भएको छ । रासायनिक मलको आयात नेपाल सरकारले मात्रै गर्छ भने स्मार्टफोनको आयात निजी क्षेत्रबाट हुँदै आएको छ ।

नेपालमा नयाँ बाली लगाउने समयमा सधैजसो नै मलको अभाव हुने गरेको छ । नेपालमा बढी आयात हुने १० बस्तुमध्ये स्मार्टफोन ९औं स्थानमा छ भने युरिया मल ११औं स्थानमा छ ।

गत ९ महिनाको अवधिमा सबैभन्दा बढी आयात भएको बस्तु पेट्रोलियम पदार्थ हो । भन्सार विभागका अनुसार चैत मसान्तसम्ममा १ खर्ब १२ अर्ब ४० करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ । यस्तै, ४९ अर्ब ७४ करोड रुपैयाँ बराबरको पेट्रोल र ४४ अर्ब ८४ करोड रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ ।

चैत मसान्तसम्ममा १० खर्ब ८३ अर्ब २२ करोड रुपैयाँ बराबरको नेपालको व्यापार घाटा भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने १३ खर्ब ६ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो । व्यापार घाटा भने गत आर्थिक वर्षको ९ महिनाको तुलनामा १७ प्रतिशतले घटेको हो ।

सरकारले विदेशी मुद्राको संचिति कम भएको भन्दै केही वस्तको आयात नै रोकेको थियो भने केही वस्तुको आयातमा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको थियो । आयात निरुत्साहित गर्ने सरकारका यी दुई नीतिको कारण सरकारको राजस्व संकलन प्रभावित भएको छ भने अन्तराष्ट्रिय व्यापार (आयात निर्यात) पनि कम भएको छ ।

गत चैत मसान्तसम्ममा नेपालले १२ खर्ब १ अर्ब ५० करोड रुपैयाँ बराबरको बस्तु आयात गरेको छ भने १ खर्ब १८ अर्ब २७ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । निर्यात व्यापार पनि गत आर्थिक वर्षको तुलनामा २६.३४ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको ९ महिनामा १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।