image
image

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार

काठमाडौँ, १२, वैशाख । पुँजी बजारमा साताको दोसो कारोबार दिन झिनो अंकले बढेको नेप्से मंगलबार दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.३६ अङ्कले बढेर १९०५.६८ बिन्दुमा कायम भएको हो ।

आज दुई सय ६४ वटा कम्पनीका २७ हजार ७६६ पटक कारोबारमा २७ लाख ५७० कित्ता सेयर खरिदबिक्री हुँदा ८८ करोड ५५ लाख ७८ हजार २७० रूपैयाँ बराबरको कारोबार भएका छन् ।

मंगलबार म्युचल फण्डबाहेकका उपसमूहमा हरियाली देखिएको छ । म्युचल फण्ड ०.०९ प्रतिशतले घटेको छ ।

बढेका उपसमूहमा बैंकिङ ०.९९ विकास बैंक १.६५, वित्त १.२३, होटल तथा पर्यटन १.९२, लगानी १.४१, जीवन बीमा ०.६१, उत्पादन १.८२, माइक्रोफाइनान्स ०.४७, नीर्जीवन १.१२,  अन्य ०.४८ र व्यापार ०.६३ प्रतिशतले बढेको छ ।

मंगलबार तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सर्वाधिक ८ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै खप्तड लघुवित्त ७.८५, सिटिजन्स म्युचल फण्ड ५.१३, सिदार्थ प्रिमियर ४.५१ र माछापुछ्रे बैकका लगानीकर्ताले ४.०९ प्रतिशतका दरले कमाएका छन् ।

मंगलबार सनराइज ब्लुचिप फण्डका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।

कारोबार रकमको आधारमा शिभम् सिमेन्टको सर्वाधिक ७ करोड ९१ हजार रूपैयाँको कारोबार भयो । दोस्रोमा कालिञ्चोक दर्शनको ३ करोड १ लाख १६ हजार रूपैयाँको कारोबार भएको छ । तेस्रोमा नबिल बैंक २ करोड ६९ लाख ५० हजार,  हिमालय डिष्टिलरी २ करोड ३७ लाख ६२ हजार र हिमाल दोलखा हाइड्रोपावरको २ करोड १३ लाख २१ हजार रूपैयाँको कारोबार भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।