image
image

मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँट, ४ जना बने भाग्यमानी

 काठमाडौँ, १३, वैशाख । मेन्छियाम हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट गरिएको छ । ९५ हजार ४११ जना आवेदकले गोलाप्रथामार्फत सेयर पाएका छन् । जसमा ४ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले जनाएको छ ।

आईपीओमा १२ लाख ४४ हजार ३८५ जना आवेदकले आवेदन दिएका थिए । जसमा ६५ हजार ६४६ जनाको आवेदन रद्द भएको थियो । कम्पनीले वैशाख ४ गतेदेखि ७ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।

आईपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट, मेन्छियाम हाइड्रोपावरको वेबसाइट, सीडीएससीले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट र मेरो सेयर मार्फत थाहा पाउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।