image
image

यूएईबाट पनि विदेशी कामदारको कोटा कटौती

काठमाडौँ, १५, वैशाख । साउदी र मलेसियापछि यूएईले पनि आफ्नो मुलुकका कादारलाई रोजगारीमा प्राथमिकता दिने नीति लिएको छ । यस नीति अनुसार यूएईले आफ्नो मुलुकमा रहेका कम्पनीमा वार्षिक दुई प्रतिशतका दरले स्वदेशी कामदार थप गर्दै लैजानुपर्ने बाध्यकारी प्रबन्ध कार्यान्वयन शुरू गरेको छ । यूएईको द नेशनल न्यूजका अनुसार ५० जनाभन्दा बढी कामदार रहेका निजी कम्पनीहरूले समेत आगामी जुन ३० तारिखभित्र तोकिएको प्रतिशतमा स्थानीय नागरिकलाई रोजगार दिन निर्देशन दिएको छ । 

 

नयाँ व्यवस्थाअनुसार यूएईमा प्रत्येक ६–६ महिनामा कम्तीमा १ प्रतिशतले स्थानीय कामदार थप गर्दै लैजानु पर्नेछ । तोकिएको प्रतिशतमा स्थानीयलाई रोजगारीमा नलगाउने रोजगारदातालाई जरिवाना गरिने पनि उक्त सञ्चारसंस्थाले जनाएको छ । यूएई सरकारको नियमले विदेशी नागरिकको कोटा कटौती हुँदै जाने आंकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।