image
image

लगातार ओरालो लाग्यो सेयर बजार, घट्यो कारोबार रकम

काठमाडौँ, २०, वैशाख । पछिल्ला दिनहरूमा सेयर बजार लगातार ओरालो लागेको छ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक लगातार पाँच दिनदेखि ओरालो लागेको छ । नेप्से आज ९.१८ अंकले घटेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यसदिन ६२ करोड दुई लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । यस दिन २६५ धितोपत्रको २१ लाख ५५ हजार ५८८ कित्ता खरिद–बिक्री भएको देखिएको छ ।

यस दिन शिवम् सिमेन्टको तीन करोड पाँच लाख रुपैपाँको सेयर खरिद–बिक्री भएको छ । त्यस्तै, हिमालयन डिस्टिलरीको दुई करोड ५६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र उत्पादन तथा प्रशोधन समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक भने घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा होटेल तथा पर्यटन समूह रहेको छ । यो समूहको परिसूचक १.४८ प्रतिशतले घटेको छ ।

म्युचुअल फण्ड समूहको परिसूचक ०.१९ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.०१ प्रतिशतले वृद्धि भएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।