image
image

कर तिर्न अटेर गर्ने ५५ कम्पनीलाई १५ दिन भित्र कर तिर्न निर्देशन

काठमाडौँ, २१, वैशाख । आन्तरिक राजस्व कार्यालय चावाहिलले मूल्य अभिवृद्धि र आयकर नबुझाउने ५५ कम्पनीलाई १५ दिनभित्र कर तिर्न निर्देशन दिएको छ ।

राजस्व कार्यालयले काठमाडौं महानगरपालिका वडा– ३,६ ७, १०,९, ११, १२, १३, २८मा दर्ता भएका कम्पनीलाई कर तिर्न पटक पटक आग्रह गर्दा पनि नमानेको भन्दै १५ दिनभित्र कर तिर्न वा तिरेको भए प्रमाण पेश गर्न भनेको छ ।

‘फोन सम्पर्क, पत्राचार तथा संकलन भ्रमण गरी बक्यौता रकम दाखिला गर्न अनुरोध गरिएकामा हालसम्म रकम दाखिला भएको प्रमाण पेश नभएको र कार्यालयबाट संकलन भ्रमण गर्ने शिलशिलामा केही करदाताहरु पत्ता नलागेको भनि पत्र फिर्ता आएको र हालसम्म कार्यालयमा सम्पर्कमा नआएको हुँदा सूचना प्रकाशन गरिएको छ’जारी सूचनामा उल्लेख छ ।

१५ दिन भित्र बक्यौता कर रकम दाखिला नगरे आयकर बक्यौताको हकमा आयकर ऐन, २०५८ (संशोधन सहित) को दफा १०४ देखि १११ सम्मको र मू.अ.कर बक्यौताको हकमा मू.अ.कर ऐन, २०५२ (संशोधन सहित) को दफा २१ (१) मा उल्लेखित कुनै वा सबै प्रकारको प्रकृया अवलम्बन गरी बक्यौता कर रकम असुल उपर गरिने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।