image
image

शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौँ, २१, वैशाख । पछिल्लो समय लगातार ओरालो लागेको शेयर बजार आज बिहीवार सामान्य बढेको छ । वैशाखको १३ गतेदेखि लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ७३ अङ्कले बढेर एक हजार आठ सय ६९ दशमलव ७३ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर भाउ उकालो लागेको छ । बजारसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । हिजो बुधवार ६२ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय ७६ वटा कम्पनीका २५ लाख ३३ हजार कित्ता शेयर ७३ करोड २६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको दुई करोड २१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज लक्ष्मी लघुवित्तको शेयर नौ प्रतिशतभन्दा धेरै तथा सयपत्री जलविद्युत् र आत्मनिर्भर लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन आज इस्टर्न हाइड्रोपावरकाे शेयर सबैभन्दा धेरै चार प्रतिशतले घटेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।