image
image

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४ अर्ब भन्दा बढिको ऋणपत्र जारी गर्ने

काठमाडौँ, २२, वैशाख । नेपाल इन्भेस्टमेन्ट मेगा बैक लिमिटेडले ४ अर्ब ४ करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। 

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख ४० हजार इकाइ भएको ऋणपत्र जारी गर्ने भएको हो। 

यो ऋणपत्र १० वर्षे अवधिको हुनेछ। यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।  

यसैबीच बैंकले ऋणपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तसम्बन्धी सम्झौतापत्रमा नेपाल इन्भेस्टमेन्ट मेगा बैकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशीष गौचनले हस्ताक्षर गरेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।