image
image

शुक्रबार सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा भने वृद्धि

काठमाडौँ, २२, वैशाख । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य बिहीबारकै बराबर तोकेको छ । महासंघले बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम गरेको थियो । नेपाली बजारमा आज शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्यमा भने प्रतितोला १० रुपैयाँको वृद्धि देखिएको छ । महासंघका अनुसार बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भईरहेकोमा आज बढेर १४ सय ५५ रुपैयाँ पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।