image
image

साताको सेयर बजार : २० अंकले नेप्से घट्दा २ अर्ब ८९ करोडमा कारोबार

काठमाडौँ, २२, वैशाख । यो साताको सेयर बजार पनि निकै कमजोर स्थितिबाट गुज्रिन पुग्यो । कूल नेप्से सूचकमा २० अंकको गिरावट हुँदा कारोबार २ अर्ब ८९ करोडमा झर्न पुगेको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता २०.०३ अंकले नेप्से सूचक घट्दै १८ सय ६९.७३ अंकको विन्दुमा झर्न पुगेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार यस्तो नेप्से सूचक १८ सय ८९.७५ अंकको विन्दुमा अडिएको थियो ।

सातामा २०.३ अंकले नेप्से घट्दै गर्दा यता २ अर्ब ८९ करोड ६९ लाख ३७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । साताको चार दिन खुलेको बजारमा तीन दिन लगातार माइनसमा गएको नेप्से सूचक अन्तिम दिन बिहीबार (वैशाख २२ गते) एक दिन मात्र १२.७३ अंकले बढेको छ ।

आइतबार १९.०९ अंकले घटेको नेप्से मंगलबार र बुधबार क्रमश ४.२६ अंकले र ९.४१ अंकले घटेको थियो । सोमबार भने मे १, अन्तर्राष्ट्रिय श्रमिक बिदाको दिन हुँदा बजार बन्द रह्यो ।

मार्केट क्यापिटलाइजेशन २८ अर्बले घट्यो

यद्यपि, यो साता मार्केट क्यापिटलाइजेशन भने २८ अर्ब ७८ करोड ३० लाख रुपैयाँले घट्न पुगेको छ । अघिल्लो हप्ताको अन्तिम दिन २७ खर्ब ५३ अर्ब ४४ करोड ८० लाख रुपैयाँ बराबर रहेको सेयर मार्केट क्यापिटलाइजेशन यस साताको अन्तिम दिनसम्म आइपुग्दा घटेर २७ खर्ब २४ अर्ब ६६ लाख ४० हजार रुपैयाँ झरेको छ । 

अघिल्लो साता यस्तो मार्केट क्यापिटलाइजेशन जम्मा ६ अर्ब रुपैयाँले मात्र घटेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।