image
image

आज पनि शेयर बजार राताम्मे, ८२ करोड ४२ लाख रुपैयाँको कारोबार

काठमाडौँ, २५, वैशाख । शेयर बजार आज साेमवार पनि दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । हिजो आइतवार १९ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ९२ अङ्कले घटेर एक हजार आठ सय ३३ दशमलव ७० विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकममा भने केही सुधार आएको छ । दुई सय ७० वटा कम्पनीका २८ लाख १० हजार कित्ता शेयर ८२ करोड ४२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको तीन करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज इस्टर्न हाइड्रोपावर कम्पनीका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशत गुमाएका छन् । समग्रमा बजार राताम्मे भएको दिन आज विन नेपाल लघुवित्तको शेयर आठ प्रतिशत र आत्मनिर्भर लघुवित्तको शेयर छ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।