image
image

‘मिस फेस अफ’ नेपाल २०२१ को आवेदन खुल्ला

काठमाडौँ । अधिरा फिल्मस् प्रालिद्धारा आयोजित ‘मिस फेस अफ’ नेपाल २०२१ (सिजन-१) को आवेदन खुल्ला भएको छ । शुक्रबार ललितपुरको कुमारीपाटीस्थित यो क्याफेमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो ।

अन्तराष्ट्रिय स्तरको प्रतियोगिता भनिएको उक्त कार्यक्रममा टाइटल विनरलाई स्कुटर, सिल्भर क्राउन प्रदान गरिने, भने फस्ट रनरअपलाई नगद पच्चिस हजार र सिल्भर क्राउनका साथै विभिन्न गिफ्ट ह्याम्परहरु सेकेन्ड रनर अपलाई पन्ध्र हजार नगद, सिल्भर क्राउन र विभिन्न गिफ्ट ह्याम्परहरु प्रदान गरिने जनाइएको छ ।त्यस्तै प्रतियोगितामा सहभागी सबै जनालाई विभिन्न सबटाइटल पुरस्कार प्रदान गरिनेछ ।

त्यसैगरी सहभागिताका लागि उमेर १६ देखि २५ वर्षको हुनुपर्ने, उचाई कम्तिमा ५ फिट, शैक्षिक योग्यता एसईई भन्दा माथि तोकिएको छ । आवेदनका फारम आजैबाट खुला गरिएको छ ।चैत्र १५ गते पहिलो अडिसन र २५ गतेबाट तालिम शुरु हुनुका साथै ग्र्यान्ड फिनाले २०७८ बैशाख २५ गते शनिबार राष्ट्रिया नाचघरमा सम्पन्न हुनेछ । आवेदनका लागि अधिरा फिल्मस प्रालिको अफिस कुमारीपाटीमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।
 

 
 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।