image
image

मंगलबार दोहोरो अङ्कले उकालो लाग्यो शेयर बजार

काठमाडौँ, २६, वैशाख । मंगलबार शेयर बजारमा दोहोरो अङ्कको सुधार आएको छ । साताको कारोबारको पहिलो र दोस्रो दिन लगातार ओरालो लागेको शेयर बजार तेस्रो दिन भने दोहोरो अङ्कले उकालो लागेको हो । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० दशमलव ६६ अंकले बढेर १८४४ दशमलव ३६ अङ्क कायम भएको हो । आज २६९ कम्पनीका २८ लाख ३२ हजार ९६४ कित्ता शेयर २० हजार ६९६ पटक खरिद बिक्री हुँदा ७७ करोड ३६ लाख ५२ हजार ३५४ रुपैयाँको कारोबार भएको छ ।

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा १.८७ अङ्कले बढेर ३५४.२५ विन्दुमा पुगेको छ। आज नेप्से सुचकको १६१ कम्पनीमा वृद्धि भएको छ । ५० कम्पनीमा ओरालो लागेको छ भने ८ कम्पनी स्थिर रहेको छ ।

त्यस्तै, कारोबारको आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा छ। यसको ६ करोड ९६ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै सिवम सिमेन्टको ४ करोड ४६ लाख र स्वाभिमान लघुवित्त वित्तिय संस्थाको ३ करोडभन्दा बढीको कारोबार भएको छ। 

यता सबै उपसुचकहरुमा हरियाली छाएको छ । सबैभन्दा धेरै हाटल तथा पर्यटन, हाइड्रोपावर सूचक र निमार्ण तथा प्रशोधनमा वृद्धि भएको छ । आजको कारोबारमा पिपुल्स पावरको ६ प्रतिशत,  कालिनचोक दर्शन, सिभिल लघुवित्त वित्तिय संस्था, युनिलिभर र आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाको ४ प्रतिशतले सेयर मूल्य बढेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।