image
image

नेपालबाट अमेरिकासहित यी मुलुकमा जान्छ कुकुर/बिरालोका खानेकुरा

काठमाडौँ, २८, वैशाख । नेपालबाट बढी मात्रामा निर्यात हुने वस्तुमध्येमा कुकुर/बिरालोलाई दिने खानेकुरा डग/क्याट फुड पनि पर्दछ । विशेषगरी नेपालबाट छुर्पी कुकुर/बिरालोको खानेकुराको रुपमा बाहिरिने गरेको छ । त्यसबाहेक राँगा, भैंसीका हड्डी, सिङहरु बाहिरिन्छन् ।

चालु आव ०७९/८० को चैत्र मसान्तसम्मको तथ्यांकअनुसार गत वर्षको तुलनामा डग/क्याट फुड निर्यात बढेको छ । चालु आव ०७९/८० को चैत्र मसान्तसम्ममा नेपालबाट २ अर्ब २६ करोड ७० लाख रुपैयाँ बराबरको डग/क्याट फुड निर्यात भएको छ । गत वर्षको सोही आवमा नेपालबाट १ अर्ब ९७ करोड रुपैयाँको डग/क्याट फुड बारिएको थियो ।

भन्सार विभागका तथ्यांकअनुसार नेपालबाट विश्वका २५ भन्दा बढी मुलुकमा डग/क्याट फुड निर्यात हुँदै आएको छ । जसमध्ये सबैभन्दा बढी डग/क्याट फुड अमेरिकामा निर्यात हुने गरेको पाइएको छ । चालु आवको ९ महिनामा अमेरिकाबाट १ अर्ब ९५ करोड ७ लाख रुपैयाँ बराबरको कुकुर/बिरालोलाई दिने खानेकुरा निर्यात भएको छ ।

अमेरिकापछि क्यानडामा डग/क्याट फुड निर्यात भएको छ । क्यानडामा क्यानडा २१ करोड चीन ५ लाख रुपैयाँको डग/क्याट फुड निर्यात भएको छ । त्यस्तै जापानमा २ करोड ७७ लाख, युकेमा २ करोड ५५ लाख रुपैयाँको निर्यात भएको छ ।

अन्य मूलुकरुमा कोरिया ७५ लाख, ग्रिस ३९ लाख, मलेसिया ३१ लाख, नेदरल्याण्ड ६२ लाख, फिलिपिन्स २८ लाख, ब्राजिल २ लाख ६३ हजार, फिनल्याण्ड ६५ हजार, फ्रान्स ६२ हजार, जर्मनी ७३ हजार, हङकङ ८१ लाख, युनाइटेड अरब २७ लाख, ताइवन ३९ लाख, स्पेन १५ लाख, थाइल्याण्ड ८ लाख, श्लोभाकिया ६ लाख, इटली २ लाख ७९ हजार, पोल्याण्ड १ लाख, पोर्चुगल ८५ हजार र सिंगापुरमा ९८ लाख रुपैयाँको डग/क्याट फुड निर्यात भएको छ ।

वार्षिक १ अर्बभन्दा बढीको निर्यात

नेपालले वार्षिक १ अर्ब रुपैयाँ बराबरको डग/क्याट फुड निर्यात गर्दै आइरहेको छ । आर्थिक वर्ष ०७४/०७५ को तथ्यांक हेर्दा नेपालबाट ८५ करोड ७७ लाख रुपैयाँ बराबरको डग/क्याट फुड बारिएको देखिन्छ । आव ०७५/०७६ मा अघिल्लो वर्षभन्दा पनि बढी १ अर्ब ५ करोड २८ लाख रुपैयाँ डग/क्याट फुड निर्यात गरेको छ । त्यस्तै आव ०७६ /०७७ १ अर्ब २२ करोड ८३ लाख, आव ०७७/०७८ १ अर्ब ९६ करोड ५० लाख र आव ०७८/०७९ २ अर्ब ९१ करोड १९ लाख रुपैयाँ बरारको डग/क्याट फुड निर्यात भएको विभागको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।