image
image

शेयर बजार आज पनि घट्याे

काठमाडौँ, २८, वैशाख । शेयर बजार आज पनि घटेकाे छ । हिजाे सामान्य घटेकाे शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ३४ अङ्कले घटेर एक हजार आठ सय ३८ विन्दुमा झरेकाे छ । 

आज बैंकिङ, जीवन बीमा र म्युचल फन्डबाहेक सबै समूहकाे शेयर घटेकाेमा निर्जीवन बीमा, विकास बैंक, माइक्राेफाइनान्स, व्यापार र फाइनान्स समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ । 

आज दुई सय ५० वटा कम्पनीकाे २१ लाख पाँच हजार कित्ता शेयर ५७ कराेड ८८ लाख रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीकाे तीन कराेड १५ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे । 

आज फरवार्ड माइक्राेफाइनान्स लघुवित्तकाे शेयर सबैभन्दा धेरै झन्डै छ प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटे पनि आत्मनिर्भर लघुवित्तकाे शेयर सबैभन्दा धेरै छ प्रतिशतभन्दा धेरैले बढेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।