यस्तो बन्यो 'कृष्णलीला' को ट्रेलर (ट्रेलरसहित)
काठमाडौँ। नेपाली कथानक चलचित्र ‘कृष्ण–लीला’को ट्रेलर सार्वजनिक भएको छ । नयाँ वर्ष २०७८ को अवसर पारेर आगामी २७ चैतमा प्रदर्शन हुन लागेको यो चलचित्रको ट्रेलर साइराम पिक्चर्सको युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
यो चलचित्रको ट्रेलरमा कृष्ण र लीलाबीचको प्रेममा आउने आरोह–अवरोह, रोमान्स तथा सस्पेन्सलाई प्रस्तुत गरिएको छ । दीपक ओलीले निर्देशन गरेको चलचित्रमा पुष्प खड्का, श्रद्धा क्षत्री, बुद्धि तामाङ, रवीन्द्र झा, नवीन रेग्मी, भावना गुरुङलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । लक्ष्मण सुवेदीको लेखन रहेको फिल्मको निर्मातामा प्रकाशराज कार्की, केबल तामाङ छन् । यसका सहनिर्माता पीताम्बर आचार्य र रोजन श्रेष्ठ हुन् ।