image
image

प्रभु लाइफको नाफा ३० प्रतिशतले बढ्यो

काठमाडौँ, २९, वैशाख । प्रभु लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा १३ करोड २३ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन गत आवको सोही अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफा ३०.६५ प्रतिशतले बढेको हो । गत आवको सोही अवधमिा इन्स्योरेन्सले १० करोड १३ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद बिमाशुल्क ०.२४ प्रतिशतले बढेर १ अर्ब ४६ करोड १२ लाख ७६ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा इन्स्योरेन्सले १ अर्ब ४५ करोड ७७ लाख १९ हजार रुपैयाँ खुद बिमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट २२ करोड ४९ लाख ४६ हजार रुपैयाँ र बिमालेख धितोमा कर्जाबाट १ करोड ४८ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको छ । यस्तै, अभिकर्ता कमिशन शिर्षकमा २१ करोड ९ लाख ५८ हजार रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ८.८३ रुपैयाँ र प्रति सेयर नेटवर्थ १३२.१७ रुपैयाँ छ । २ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको कोष तथा जगेडा कोषमा ५९ करोड ७२ लाख ५० हजार रुपैयाँ र बिमा कोषमा ३ अर्ब ७४ करोड ४० लाख ४८ हजार रुपैयाँ सञ्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।